दाङ । घोराहीको फर्निचर उद्योगमा आगलागी भएको छ। सहिद उमेश मार्ग रोडमा रहेकाा तीनवटा फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट धेरै क्षति भएको अनुमान गरिएको छ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।
तिहार लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि