चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार –२०७८ विराटनगरका स्रष्टा नवोदितलाई

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, १६ : २९
चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार –२०७८ विराटनगरका स्रष्टा नवोदितलाई

 चितवन ।  चितवन साहित्य परिषद्ले ञचिसाप लीलानर्मदा साहित्य पुरस्कार(२०७८) बाट कवि मीनकुमार नवोदितलाई सम्मान गरेको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा मोरङका स्रस्टा नवोदितको कवितासङ्ग्रह समयको बयानलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा चुडामणि बन्धुले कवि नवोदितलाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद उपलब्ध गराइ सम्मान गरेका हुन् ।

पुरस्कारको स्थापना सरस्वती रिजाल र स्व.उपेन्द्र रिजालले आफ्ना दिवङ्गत मातापिताको नाममा स्थापना गरेका हुन् । पुरस्कारको राशि १५,०४५ रुपैयाँ रहेको छ ।चितवन साहित्य परिषद्ले २०७३ सालबाट निरन्तररूपमा प्रदान गर्दै आएको उक्त पुरस्कार यसअघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदनको भनौँ कि नभनौँ (निबन्धसङ्ग्रह), विश्वनाथ अधिकारीको टिम्बुरको झोलझ (कथासङ्ग्रह), विमल वैद्यको ञअक्षर सिम्फोनीझ ( कवितासङ्ग्रह) र ललित विष्टको मोहपथ (कथासङ्ग्रह) लाई अर्पण गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत कृति र स्रस्टाका बारेमा सुरेन्द्र अस्तफलले बोलेका थिए । सम्मानित स्रस्टा नवोदितले कार्यक्रममा कविता वाचन पनि गरेका थिए । पुरस्कार अर्पण कार्यक्रममा कवि गोविन्दराज विनोदी, पुरस्कारका संस्थापक लक्ष्मण तिमिल्सिना, उदय अधिकारी, जगन्नाथ पण्डित, नवराज ढुंगाना, शान्ति शर्मा, सरला जोशीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस