काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् ।
बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले)बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नुनपर्ने बताए ।
१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नुनहुने प्रचण्डको भनाइ छ ।
देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए । देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
प्रचण्डलाई एमाले महासचिव शंकर पोखरेलको प्रश्न : तपाई के वोल्दै हुनुहुन्छ ?
सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड
समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ : प्रचण्ड