काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ।
थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था स्मरण गराउँदै ट्विटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य गरेको देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो।
यस्तै, आयोगले नेकपा एमाले सुनसरी क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई पनि स्पष्टीकरण सोधेको छ। चौधरीलाई इटहरी उपमहानगरपालिका- १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्ति ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था स्मरण गराउँदै आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य आवश्यक : गगन थापा
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा