काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा मुलुकको अग्रणी पार्टी हुने दावी गरेका छन् । काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताहरु कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट हाल्न तयार भइसकेको दावी समेत गरेका छन् ।
उनले आगामी निर्वाचनमा राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेबाहेक अरु नहुने बताएका छन् ।‘नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेका छन् । त्यसकारण हाम्रो मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने हो,’ उनले भन, ‘आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउँछन् ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने पनि जिकिर गरेका छन् ।देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’: राजेन्द्र लिङ्देन
गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’