काँग्रेस र एमालेका कार्यकर्ताले राप्रपालाई विजयी गराउनुपर्छ : रविन्द्र मिश्र

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, १९ : ५४
काँग्रेस र एमालेका कार्यकर्ताले राप्रपालाई विजयी गराउनुपर्छ : रविन्द्र मिश्र

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शीर्ष नेताहरुलाई सच्याउनका लागि काँग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकीर गरेका छन् । तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राप्रपा मुलुकको बैकल्पिक राजनीतिक शक्ति भएकाले नेपाली जनताले यस पार्टीलाई आगामी निर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे । मिश्रले भने, ‘काँग्रेस र एमालेमा आस्था राख्ने साथीहरुलाई आग्रह गर्न चाहन्छु, राप्रपा अब मुलुकको विकल्प हो । पार्टीमा आस्था राखेर तपाईहरुको पार्टीमा भोट हाल्दा हाल्दा तपाईँहरुका छोराछोरी यो देशमै नबस्ने भए । तपाईहरुको जीवन परिवर्तन नै नहुने भयो । तपाईहरुले कहिल्यै सस्तो पैसामा उपचार नै गर्न नपाउने हुनु भयो ।’

उनले फेरि भने, ‘तपाईका छोराछोरी र नातीनातिनीलाई राम्रो स्कुलमा पठाउने स्थिति नै नहुने भयो । तपाईहरुको घरमा पार्क नै नहुने अवस्था आयो । केही पनि नहुने स्थिति आयो । अव फेरी त्यहीँ पार्टीमा भोट हाल्नु भयो भने त्यो पार्टीको एउटा तप्काले जुन कब्जा गरेर बसेको छ तपाईँहरुको पार्टी । र, तलको जुन केही गरौं भनेर आएको तप्का छ । त्यो तप्का माथि आउनै सक्दैन । त्यसो हुनाले तपाईहरुको तत्तत पार्टी सुधार्न पनि र एउटा उर्जावान नयाँ नेतृत्व तपाईहरुको पार्टीमा ल्याउनका लागि पनि यो पटक तपाईहरुले हलोमा मत दिनुस् । झडका लाग्छलाग्छ ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले जनताको जीवन परिवर्तन गर्नै नसक्ने पार्टीमा काँग्रेस–एमालेका कार्यकर्ताले बस्न नमिल्ने पनि पटकपटक दोहो¥याइ ।

 

प्रतिक्रिया दिनुहोस