काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । शर्माले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेका थिए । श्रव्य/दृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आयोगले रकम हस्तान्तरण भएकोबारे के, कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न लगाए
मृतकको नाम प्रयोग गरी मतदान हुन नदिन आवश्यक व्यवस्था गरिएको आयोगको स्पष्टीकरण
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा