काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो ।
सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ ।
इलाम क्षेत्र नम्बर १ मा एमाले र एकीकृत समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका हुन् ।
सोही क्षेत्रमा जनता समाजवादी पार्टीले नेपाले कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोया नाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले बुद्ध लाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जीत कुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले पदम बहादुर लिम्बु, नेपाली कांग्रेस (बीपी) ले गणेश प्रसाद पौडेललाई उम्मेदवार बनाउँदा स्वतन्त्र उम्मेदवारका रुपमा बिक्रम पाण्डे, नेत्र प्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल