सर्लाहीमा गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १३ : ०४
सर्लाहीमा गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको सगुन सहकारीको सेवा केन्द्रमा लुटेरा समूहले गोली प्रहार गरी लुटपाट गरेको छ । आज बुधबार बिहान १० बजेको समयमा बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समूहले केन्द्रमा काम गर्ने लालबन्दी–२, जुटपानी निवासी ३० वर्षका साजन कार्कीलाई गोली प्रहार गरेर लुटपाट गरेको सगुन सहकारी संस्था मुख्य कार्यालय हरिवनले जनाएको हाे ।

घटनामा लुटेरा समूहले चलाएको बन्दुकबाट कार्कीलाई ४ गोली लागेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकाेप्टरमा काठमाडाैं लैजाने प्रयास भइरहेको छ ।

३ जनाको समूहमा आएका लुटेरा समूहले कार्कीमाथि बिहान कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेका घाइतेलाई उदृत गर्दै सहकारीका दिनेश श्रेष्ठले बताउनुभएकाे छ । उनीहरुले बिहान कार्यालय खोलेपछि आक्रमण गरेका छन् । उहाँले भन्नुभयाे,- ‘घाइतेलाई उदृत गर्दै तर हामीले मुख्य कार्यालयबाट ब्यागमा लगेको पैसा ड्रएरमा खन्याउने गरेका छौं । त्यसले गर्दा उनीहरुले गोली चलाउदै ब्याग तानेर भागेछन् पैसा लैजान पाएको छैन् भन्ने बुझेका छौँ ।’

उनीहरुले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी आउने र जाने समय र उनले बोक्ने गरेको ब्याग समेतको निगरानी गरिरहेको समेत खुलेको छ । मंगलबार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । घटना लगतै लुटेरा समूह भने भारतीय नम्बर भएको मोटरसाईकलमा फरार भएका छन् । उनीहरुको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मुख्य कार्यालय हरिवनमा रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोकमा सेवा कार्यालय संचालन गरेर शेयर सदस्यहरुलाई बित्तिय सेवा प्रवाह गर्दै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस