काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ ।
५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
अध्यक्ष वनेमका अनुसार ट्रयाक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते