काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न शुक्रबारसम्मको समय दिएको छ ।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताले शुक्रबारभित्र उम्मेदवारी निष्क्रिय बनाएमा प्रक्रिया पुरा गरेर कारबाही फिर्ता लिइने जानकारी दिए ।
यस्तै माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनिएको थियो । तर, पुनः थप समय दिई उम्मेदवारी निष्क्रिय बनाउन भनिएको उनको भनाइ छ । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत माओवादीले स्पष्ट पारेको छ ।
यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । देशभर सत्ता गठबन्धन भएपनि गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न ठाउँमा बागी उम्मेदवारी परेको छ। त्यस्ता उम्मेदवारलाई कारबाही गरिसकिएको भएपनि दुई पार्टीले अन्तिम मौका दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन