काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न शुक्रबारसम्मको समय दिएको छ ।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताले शुक्रबारभित्र उम्मेदवारी निष्क्रिय बनाएमा प्रक्रिया पुरा गरेर कारबाही फिर्ता लिइने जानकारी दिए ।
यस्तै माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनिएको थियो । तर, पुनः थप समय दिई उम्मेदवारी निष्क्रिय बनाउन भनिएको उनको भनाइ छ । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत माओवादीले स्पष्ट पारेको छ ।
यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । देशभर सत्ता गठबन्धन भएपनि गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न ठाउँमा बागी उम्मेदवारी परेको छ। त्यस्ता उम्मेदवारलाई कारबाही गरिसकिएको भएपनि दुई पार्टीले अन्तिम मौका दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै