सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १६ : ५०
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?

काठमाडौं । सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ । 

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस