बारा । नेकपा एमाले बारा जिल्लाका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी छोडेका छन् । किसान मजदुर र श्रमजीवी वर्गलाई उपेक्षा गर्दै पार्टी सीमित व्यक्तिको स्वार्थमा केन्द्रित भएको आरोपमा प्रदेश सदस्यसहित ९६ जना नेता-कार्यकर्ताले एकैसाथ एमालेको जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।
एमाले छोड्नेहरुमा मधेस प्रदेश कमिटी सदस्य विश्वनाथ लामिछाने, जीतपुरका संस्थापक प्रमुख मोजाहिर ओसारी,जीतपुर सिमरा उपमहानगर कमिटीका उपाध्यक्ष वीरेन्द्र गिरी,पूर्वजिल्ला सदस्य कपुरराज पुरी,विष्णुप्रसाद अधिकारी,माधव फुयाल,प्रदिपकुमार गुप्ता,जाफिर हुसेन मफुरी, तारकेश्वर हास सोनार, सुलोचना मल्ललगायत छन् । त्यस्तै,जीतपुर सिमरा उपमहानगर ७ नम्बर वडा कमिटीका दर्जनौँ कार्यकर्ता पनि एमालेबाट बाहिरिएका छन् ।
उनीहरुले हिजो अध्यक्ष केपी शर्मा ओली र जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा पार्टीमा गुटवन्दी मौलाएको,पुराना नेता-कार्यकर्ताको उचित मूल्यांकन नभएको, चुनावको टिकट वितरणमा पन्पक्ष गरिएकोलगायत १४ बुँदे असहमति दर्ज गरिएको छ ।बकाइदा हस्ताक्षर र ल्याप्चे लगाएर एमाले छोडेको घोषणा गरेका उनीहरुले थप अपमानित भएर पार्टीमा बस्ने स्थिति नरहेको प्रष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले