काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो ।
देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो । आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।
उम्मेदवारले प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा १, ३, ६, ७ र ८ रहेका छन् । यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ, दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ, तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ, चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर
निर्वाचन १४ दिन बाँकीः अस्थायी मतदाता नामावली कार्यविधि जारी
निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम