काठमाडौं । झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो।
सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो।
घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु