केपी ओली र प्रचण्डवीच भेटवार्ता, सरकार गठनबारे छलफल

शुक्रबार, २९ मंसिर २०७४, १५ : २७
केपी ओली र प्रचण्डवीच भेटवार्ता, सरकार गठनबारे छलफल

चितवन, २९ मंसीर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा र प्रदेशशभाको निर्वाचनपछि पहिलोपटक भएको भेटवार्तामा दुई अध्यक्षबीच सरकार गठन र सरकारले गरेको पछिल्लो निर्णयका विषयमा छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार दुई पार्टीका अध्यक्षबीच सरकार गठनका विषयमा पछि छलफल भएको छ ।

“सरकारले गरेका पछिल्लो विवादास्पद निर्णयका विषयमा छलफल भएको छ । त्यस्तै भेटमा चुनावको परिणामपछि उत्पन्न परिस्थितलगायत समसामयिक विषयमा पनि छलफल भएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस