सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १३ : ११
सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु

काठमाडौं  । सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो । 
 
सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेकोे थिए ।  ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस