अपराधका नयाँ आयाम थपिएको भन्दै प्रहरीलाई चनाखो रहन गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १२ : ३९
अपराधका नयाँ आयाम थपिएको भन्दै प्रहरीलाई चनाखो रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै नेपाल प्रहरीलाई पनि चनाखो रहन निर्देशन दिएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले प्रहरीले विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए ।

सम्बोधनका क्रममा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र निर्माण गरेर अघि बढिएको उनले बताए । साथै नेपाल प्रहरीलाई थप सबल र सुदृढ गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘क्षमता अभिवृद्धिकै लागि नेपाल प्रहरीलाई पनौतीको प्रहरी तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नेपालमा नै उपलब्ध गराइनेछ।’

अपराध नियन्त्रणमा नयाँ नयाँ चुनौती थपिएको बताउँदै उनले भने, ‘अहिले संसारभरि नै आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको छ । नयाँ विज्ञान र प्रविधिको प्रयोग अपराधीले पनि गररिहेका छन् । सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा पनि नयाँ विज्ञान र प्रयोग गर्दै रहनुपर्छ, चनाखो रहनुहोस् ।’साथै देशका लागि ज्यानका बालिदान गरेका प्रहरी र उनीहरुको परिवारप्रति सरकार गम्भीर रहेको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस