जनताको घरदैलोमा मत माग्य व्यस्त रेखा थापा

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, २० : १९
जनताको घरदैलोमा मत माग्य व्यस्त रेखा थापा

काठमाडौं । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्यमा राप्रपाको तर्फबाट उम्मेदवार बनेकी रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन्  ।

बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजारा चलाउने ई(रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् ।

घरदैलोका क्रममा रेखाले मतदातालाई आकर्षित गर्न विभिन्न गतिविधि गर्दै आएकी छन् । घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छ । उनले जनताको गुनासो सुन्ने र त्यसको सम्बोधन गर्ने तर्फ जोड दिने गरेकी छन् ।