काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओनसरी घर्तीलाई जिताए विकासे मन्त्री बनाउने बताएका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले घर्तीलाई उम्मेदवार बनाएर पठाउनु कठमाडौं क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएकोसमेत बताए।
‘ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरीसहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु।’ प्रचण्डले भने ।
उनले गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’