काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओनसरी घर्तीलाई जिताए विकासे मन्त्री बनाउने बताएका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले घर्तीलाई उम्मेदवार बनाएर पठाउनु कठमाडौं क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएकोसमेत बताए।
‘ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरीसहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु।’ प्रचण्डले भने ।
उनले गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !