काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन्। प्रचण्डले आइतबार बिहान ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएका जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
‘नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ। उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्। जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेको उनले उल्लेख गरेका छन्।
‘नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने छ,’ प्रचण्डले भनेका छन्, ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'