सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौँमा प्रशिक्षण दिने

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, ०८ : १४
सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौँमा प्रशिक्षण दिने

 काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाण्डौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन् ।

उनका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । 

कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस