नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा गण्डकीको जित

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, २० : १०
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा गण्डकीको जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ। पोखरा रंगशालामा भएको खेलमा प्रदेश १ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो।

समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो।गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे।निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो। जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाए। २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो।

पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन।

प्रतिक्रिया दिनुहोस