सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १६ : २५
सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।

१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस