काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड" ले संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षा गर्न गठबन्धन गरेको बताएका छन् । गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले चुनावको लागि गठबन्धन नगरेको बताउँदै संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षाका लागि गठबन्धन गरेको बताएका हुन् ।‘संविधान घोषणा भएको केही वर्षमै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकै कारणले हामी सडकमा गयौं । हामीले निर्वाचनको लागि गठबन्धन गरेको होइनौं’, अध्यक्ष दाहालले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लागि गरेका हौँ । जबसम्म लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ ।’
यसका साथै अध्यक्ष दाहालले अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबी गर्दै राजनीतिक परिवर्तनलाई दीगो बनाउने ऐतिहासिक दायित्व भएको बताए ।
उनले आगामी मंसिर ४ को निर्वाचनलाई सदूपयोग गर्नुपर्ने बताउँदै गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका बताए । उनले भनेका छन्, ‘अहिले पनि धेरै मेहनत परेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'