काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड" ले संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षा गर्न गठबन्धन गरेको बताएका छन् । गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले चुनावको लागि गठबन्धन नगरेको बताउँदै संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षाका लागि गठबन्धन गरेको बताएका हुन् ।‘संविधान घोषणा भएको केही वर्षमै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकै कारणले हामी सडकमा गयौं । हामीले निर्वाचनको लागि गठबन्धन गरेको होइनौं’, अध्यक्ष दाहालले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लागि गरेका हौँ । जबसम्म लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ ।’
यसका साथै अध्यक्ष दाहालले अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबी गर्दै राजनीतिक परिवर्तनलाई दीगो बनाउने ऐतिहासिक दायित्व भएको बताए ।
उनले आगामी मंसिर ४ को निर्वाचनलाई सदूपयोग गर्नुपर्ने बताउँदै गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका बताए । उनले भनेका छन्, ‘अहिले पनि धेरै मेहनत परेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !