काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा. स्वर्णिम वाग्ले र डा.गोविन्द पोखरेलले घोषणा पत्रको अन्तरबस्तु बारेमा व्याख्या गरेका थिए ।
त्यसपछि कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए । बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस