काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।
पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।
कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् ।
‘नागरिक उन्मुक्ति पार्टीकोविरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ अध्यक्ष श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ