काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।
उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म त अबको १० वर्ष काम गर्छु । मरेर काम गर्छु, जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि मोबाइल स्वीच अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो । त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य आवश्यक : गगन थापा
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा