काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।
उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म त अबको १० वर्ष काम गर्छु । मरेर काम गर्छु, जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि मोबाइल स्वीच अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो । त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा