सबै प्रदेशमा गठबन्धनले संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, १९ : ४६
सबै प्रदेशमा गठबन्धनले संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मुल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । 

बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय भएको छ । सो कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ । यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमो  नेपाली काङ्ग्रेसले भेलाको व्यवस्थापन गर्ने भन कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।  

कार्तिक ५ गते जनकपुर,  कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । सो भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । 

यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली काङ्ग्रेसले भेलाको व्यवस्थापन गर्ने भने  कार्तिक ७ गते काठमाडौंमा हुने भेला माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । 

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३–३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।