काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ