काठमाडौं । चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीलगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ