मोबाइल फोन भिज्यो ? अब के गर्ने ?

शनिबार, १८ कार्तिक २०७४, १० : ३०
मोबाइल फोन भिज्यो ? अब के गर्ने ?

 

 

 

 

वर्षातको मौसममा आफूसँग भएका मोबाइल तथा विभिन्न ग्याजेट्सलाई पानीमा भिज्नबाट जोगाउनु आवश्यक छ । पानीले भिजे भने ती ग्याजेट कामै नलाग्नेसम्म हुन सक्छन् । त्यसैले मोबाइललाई कसरी पानीबाट जोगाउने भन्ने कुरामा विशेष सावधानी अपनाउनु आवश्यक छ ।  

 

* वर्षातमा आफ्नो मोबाइल सेटलाई भिज्नबाट जोगाउन विशेष प्रकारले निर्माण गरिएको मोबाइल जिप पाउच खरिद गर्न सकिन्छ ।

 

* यदि कम खर्चमै यो समस्या समाधान गर्नु छ भने सामान्य खालको प्लास्टिकले बनेको कभर वा ब्याग प्रयोग गर्न सकिन्छ । अहिले प्लास्टिकबाट निर्मित जिप प्याक पनि बजारमा उपलब्ध छन् । यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ प्रवेश गर्न सक्दैन ।

 

* वर्षातमा कल रिसिभ गर्न मोबाइल फोनलाई बाहिर निकाल्नुभन्दा ब्लुटुथ वा इयरफोन प्रयोग गर्न सकिन्छ । बजारमा वाटरप्रुफ ब्लुटुथ हेडसेट पनि उपलब्ध छन् ।

 

* पानीमा भिजिरहेका बेला फोन रिसिभ गर्नुभन्दा कल काटेर पछि कल ब्याक गर्ने वा डिफल्ट रूपमै म्यासेज जाने व्यवस्था गर्न सकिन्छ । फोन काट्दा नै उक्त म्यासेज स्वचालित रूपमा कलरको मोबाइलमा जान्छ, जसका कारण पछि कल गर्न सकिन्छ वा उसले नै फेरि कल गर्न सक्छ ।

 

* बजारमा वाटरप्रुफ मोबाइल फोन पनि उपलब्ध छन् । यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानी पर्दा पनि कुनै असर हुँदैन ।

 

* पानी परिरहेको छ र आफू पनि भिजिइरहिएको छ भने कल रिसिभ वा कल नगर्नु नै उपयुक्त हुन्छ ।

 

* भिजेको मोबाइलबाट कतै कल गर्नु हँुदैन । त्यसो गर्दा ब्याट्रीमा सर्ट सर्किट भएर मोबाइलमै खराबी आउन सक्छ ।

 

* भिजेका कारण मोबाइलमा कुनै खराबी आयो भने त्यसलाई आफै जथाभावी रूपमा बनाउने प्रयास गर्नु हुँदैन ।

 

फोन भिज्यो भने

* फोन भिजि नै हाल्यो भने पनि समाधानका विभिन्न उपाय अपनाउन सकिन्छ । महँगो मोबाइल फोनलाई त्यत्तिकै खेर फाल्नु पनि भएन । यस्तो अवस्थामा निम्न उपाय अपनाउन सकिन्छ स्

 

* सुरक्षाका विभिन्न उपाय अपनाउँदा पनि मोबाइल फोनमा पानी पसिहाल्यो भने पनि चिन्तित भैहाल्नु पर्दैन । सबैभन्दा पहिले फोनको ब्याट्री निकालेर सुकाउनुपर्छ ।

 

* मोबाइल फोनलाई सफा सुती कपडाले राम्रोसँग पुछ्नुपर्छ ।

 

* मोबाइल फोनलाई तुरुन्तै अन गर्नु हुँदैन । नसुक्दासम्म त्यसलाई अन नगर्नु नै बेस हुन्छ ।

 

* पानी राम्रोसँग पुछेपछि त्यसलाई चामलको बोरामा करिब ८र९ घण्टा राख्नुपर्छ । यसो गर्दा सबै पानी सोसिन्छ ।

 

के गर्नु हुँदैन ?

* कसै–कसैले मोबाइल फोन सुकाउन हेयर ड्रायर प्रयोग गर्छन्, तर यो उपाय कुनै पनि हालतमा अवलम्बन गर्नु हुँदैन । फोनमा धेरै हल्का र नाजुक खालका कम्पोनेन्ट प्रयोग गरिएको हुन्छ । ती कम्पोनेन्ट गर्मी वा आगोका कारण खराब हुन सक्छन् । फलस्वरूप फोनमा थप समास्या सिर्जना हुन सक्छ ।

 

* मोबाइल फोनलाई घाममा सुकाउनु हुँदैन । यदि घाममै राख्नुपरे कुनै कपडाले छोपेर राख्नु उपयुक्त हुन्छ । फोनमा घामको सिधा असर पर्न दिनु हुँदैन । ब्याट्रीलाई पनि सीधै घाममा राख्ने वा हेयर ड्रायरले सुकाउने काम गर्नु हुँदैन ।

 

* मोबाइल फोन सुकेपछि पनि तुरुन्तै प्रयोगमा ल्याउनु हुँदैन । केही समय त्यत्तिकै राख्नुपर्छ । यसलाई चार्जमा पनि राख्नु हुँदैन । ब्याट्री अझै पनि भिजेको हुन सक्छ, जसका कारण सर्ट सर्किट हुन सक्छ । त्यसैले कमसेकम २ घण्टापश्चात् मात्र फोन प्रयोग गर्नु बेस हुन्छ ।

 

* यी सबै कार्य गर्दा पनि मोबाइल फोन अन भएन भने कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा देखाउनुपर्छ । आफैं सेट खोल्ने प्रयास गर्नु हुँदैन । आफैं खोल्ने हो भने मोबाइल फोनमा थप जटिलता सिर्जना हुनुका साथै यदि वारेन्टीको अवधि बाँकी छ भने त्यो सुविधाबाट समेत वञ्चित हुनुपर्ने हुनसक्छ ।


जततउस्ररदष्त.थिरद्दखगिाध्च्

 

 

प्रतिक्रिया दिनुहोस