चितवन । चितवनको खैरहनीमा एक गैँडा मरेको अवस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नं १२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा बिहीबार बिहान ४ बजेतिर भाले गैँडा मृत अवस्थामा फेला परेको हो।
गैँडाको मृत्यु करेन्ट लागेर हुन् सक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए। 'खैरहनीमा वस्ती एरियामा अन्दाजी ४र५ वर्षको भाले गैंडा मृत भेटिएको छ', उनले भने, 'मरेको नजिकै बंगुर फार्ममा लागेको तार पनि देखिएको छ। त्यहाँ घिरौंलाको जालो पनि छ। के कारणले मरेको भन्ने पोष्टमार्टम गरेपछि सबै कुरा थाहा हुन्छ।'
मृत गैँडाको खाग र खुर यथावत रहेको उनले जानकारी दिए। चितवनमा बस्ती एरियामा गतवर्ष दुईटा गैंडा मृत भेटिएका थिए। ती गैंडामध्ये एउटा सडकको नालीमा परेर मरेको थियो भने अर्को भरतपुर १६ मा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान