काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि २० उम्मेदवार २५ वर्ष उमेरका रहेका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार सबैभन्दा कम उमेर २५ वर्षका २० जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
यसरी उम्मेदवार बन्ने १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने एक जना पिछडावर्ग निषाद ललित जनजाती पार्टीका रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र मंगोल नेशनल अर्गनाइजेशनका १ जना रहेका छन् ।
९९ वर्षीय पोखरेल बने सर्वाधिक उमेरका उम्मेदवार
आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सर्वाधिक उमेरका उम्मेदवार टिका दत्त पोखरेल बनेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट उनी उम्मेदवार बनेका हुन् ।
उनी नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवार बनेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज