चितवन-३ मा एमालेले कांग्रेसका बागीलाई समर्थन गर्ने

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १४ : १३
चितवन-३ मा एमालेले कांग्रेसका बागीलाई समर्थन गर्ने

चितवन । चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले  जानकारी दिए ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवार नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए ।

नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका थिए । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस