काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२५ क्षेत्रपाटी न्हयोखामा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला