सान्जेन जलविद्युतको आइपीओमा अहिलेसम्म ४० करोड ८३ लाख बराबरको आवेदन

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, ११ : ४४
सान्जेन जलविद्युतको आइपीओमा अहिलेसम्म ४० करोड ८३ लाख बराबरको आवेदन

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ४० करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा असोज २६ गते बिहान १०ः१२ सम्म २० हजार २८८ जना आवेदकले ४० लाख ८३ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.११ गुणा बढी आवेदन हो । 

सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस