राजेन्द्र महत्वले भने-"कांग्रेसले धम्की र षड्यन्त्रको राननीति गरिरहेको छ"

शुक्रबार, २९ मंसिर २०७४, १४ : १२
राजेन्द्र महत्वले भने-"कांग्रेसले धम्की र षड्यन्त्रको राननीति गरिरहेको छ"

धनुषा,  २९ मंसिर । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपाली काङग्रेसले मधेशमा जालझेल, षड्यन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन् ।

जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता महतोले जनतालाई झुटो मुद्दा लगाउने लगायतका धम्की नदिन पनि काङ्ग्रेसलाई चेतावनी दिए शुक्रबार जनकपुरमा स्थानीय सञ्चारकर्मी माझ उनले काङ्ग्रेसले निर्वाचनयता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि आग्रह गरे ।

नेता महतोले मधेशमा जालझेल र षडयन्त्रको राजनीति गरेकाले काङ्ग्रेसले निर्वाचनमा पराजय व्यहोर्नु परेको दावी पनि गरे । उनले मधेशका जनताले मधेशविरोधि गतिविधिमा संलग्न रहेकै कारण ३ ठूला दललाई निर्वाचनमार्फत् पराजित गरिदिएको पनि उल्लेख गरे ।

झुटको राजनीति टिकाउ नहुने नेता महतको भनाई छ । नेता महतोले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बन्नबाट कसैले पनि रोक्न नसक्ने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस