काठमाडौं । प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् ।
बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन शुरू
उप निर्वाचनको आचारसंहिता आजवाट सुरू, कस-कसलाइ लाग्छ आचारसंहिता ?
उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते
भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने