सत्ता गठबन्धनले बागीलाई दिएको अल्टिमेटम १ बजे सकिँदै

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, ०७ : ४३
सत्ता गठबन्धनले बागीलाई दिएको अल्टिमेटम १ बजे सकिँदै

काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेतालाई दिएको अल्टिमेटम बुधबार दिउँसो १ बजे सकिँदै छ । गठबन्धनले मंगलबार एक विज्ञप्तिमार्फत दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्न पार्टीसम्बद्ध बागी उम्मेदवारहरूलाई निर्देशन दिएको थियो । 

उक्त अवधिभित्र उम्मेदवारी मनोनयन फिर्ता नलिए पार्टीबाटै निष्कासन गरिने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न क्षेत्रमा गठबन्धनमा आबद्ध दलका नेताबाट बागी उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस