काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् ।
उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो ।
डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो ।
बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला