सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु