हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ असोज २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा