बारा । बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा हिजो बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते