कैलाली । लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए ।
अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध