झापा–१ बाट अग्निप्रसाद खरेललेको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, २० : ३२
झापा–१ बाट अग्निप्रसाद खरेललेको उम्मेदवारी दर्ता

झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

खरेलले मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलको प्रस्तावक एमाले केन्द्रिय सल्लाहकार विष्णुप्रसाद प्रसाईँ र समर्थक एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली रहेका छन् ।

एमाले र राप्रपा तालमेल भएकोमा झापा १ मा (क) बाट एमाले केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला र (ख) बाट राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट झापा १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा शर्मा एमालेका रविन कोइराला र माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस