हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा-१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
उनी भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए। कार्यकर्ता नलिइ गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरे। एमालेको चुनाव चिन्हमा मनोनयन दर्ता गरेपनि उनको साथमा एमाले नेता कार्यकता थिएनन्।
उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। थापाले असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा