हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा-१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
उनी भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए। कार्यकर्ता नलिइ गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरे। एमालेको चुनाव चिन्हमा मनोनयन दर्ता गरेपनि उनको साथमा एमाले नेता कार्यकता थिएनन्।
उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। थापाले असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा