काठमाण्डौं । नुवाकोटमा सत्ता गठबन्धनबीचको भागबण्डामा नेकपा एकीकृत समाजवादीले एक मात्र प्रदेशसभा पाएको थियो । तर, उम्मेदवारी मनोनयनको मुखैमा आएर काँग्रेस र माओवादीले समाजवादीले पाएको प्रदेशसभाको टिकट खोसेका छन् ।
भागबण्डामा समाजवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को (क) पाएको थियो । समाजवादीले उक्त क्षेत्रबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर काँग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ काँग्रेस, प्रदेश (क) समाजवादी र (ख) माओवादी केन्द्रले लिने सहमति थियो ।
प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिँदैछन् । प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाएका थिए । अब भने यसअघि समाजवादीले पाएको प्रदेश (क) माओवादी र (ख) काँग्रेसले लिने भएका छन् ।
प्रदेश (क) मा ओवादीका राप्रप्रसाद ढुंगाना र (ख) मा काँग्रेसका बहादुरसिंह लामा उम्मेदवार बन्ने भएका छन् । ढुंगाना पञ्चायतकालकालीन उपसभापति हुन् भने समानुपातिकतर्फबाट लामा निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस