काठमाण्डौं । नुवाकोटमा सत्ता गठबन्धनबीचको भागबण्डामा नेकपा एकीकृत समाजवादीले एक मात्र प्रदेशसभा पाएको थियो । तर, उम्मेदवारी मनोनयनको मुखैमा आएर काँग्रेस र माओवादीले समाजवादीले पाएको प्रदेशसभाको टिकट खोसेका छन् ।
भागबण्डामा समाजवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को (क) पाएको थियो । समाजवादीले उक्त क्षेत्रबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर काँग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ काँग्रेस, प्रदेश (क) समाजवादी र (ख) माओवादी केन्द्रले लिने सहमति थियो ।
प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिँदैछन् । प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाएका थिए । अब भने यसअघि समाजवादीले पाएको प्रदेश (क) माओवादी र (ख) काँग्रेसले लिने भएका छन् ।
प्रदेश (क) मा ओवादीका राप्रप्रसाद ढुंगाना र (ख) मा काँग्रेसका बहादुरसिंह लामा उम्मेदवार बन्ने भएका छन् । ढुंगाना पञ्चायतकालकालीन उपसभापति हुन् भने समानुपातिकतर्फबाट लामा निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति