हेटौंडा । कमल थापालाई टिकट दिएको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला बन्दी गरिएको छ । एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले आइतबार बिहानबाट पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् ।
हेटौंडा–५ पुष्पलाल पार्क नजिक एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका छन् । पार्टी केन्द्रको कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको कार्यकर्ताको गुनासो छ ।
मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ