चितवन-३ मा माओवादीले डा. अधिकारीलाई उठाउने

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, १८ : ३८
चितवन-३ मा माओवादीले डा. अधिकारीलाई उठाउने

चितवन । नेकपा (माओवादी) बाट चितवन क्षेत्र नं. ३ मा भरतपुर अस्पतालका अध्यक्ष, फिजिसियन डा. भोजराज अधिकारी उम्मेदवार हुने भएका छन  । 

नेकपा (माओवादी) श्रोतका अनुसार पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने  निश्चित भएको छ ।

गत संसदीय निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त क्षेत्रबाट निर्वाचित भएका  थिए ।  

 डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस